कला
काठमाडौं । दाङमा पहल थिएटर निर्माण हुने भएको छ । चलचित्रकर्मी एवं नाट्यकर्मी केएल बुढाथोकीको नेतृत्वमा दाङको घोराहीमा पहल थिएटर निर्माण हुने भएको हो ।
दाङमा दुई दशकअगाडि देखि नाटक मञ्चन परम्परा सुरु भए पनि थिएटर थिएन । थिएटर नहुँदा दाङमा नाटकको विकास हुन सकेको छैन । पहल थिएटर दाङको पहिलो थिएटर हुनेछ ।
“दाङमा नियमित नाटक मञ्चन परम्परालाई अघि बढाउने उद्देश्यसहित थिएटर निर्माण गर्न लागेका हौँ,” बुढाथोकीले भने, “अब दाङलाई नाटकको केन्द्र बन्ने हाम्रो लक्ष्य छ ।”
प्रकाशित मिति: बुधबार, भदौ ४, २०८२ १३:१५
प्रतिक्रिया दिनुहोस्