site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
सेनाले के गरेपछि छोड्न बाध्य भइन् हसिना ? आफ्नै बहिनीज्वाईंले पनि दिएनन् साथ

ढाका/नयाँ दिल्ली । बंगलादेशका तत्कालीन प्रधानमन्त्री शेख हसिना वाजेदले सोमबार राजीनामा दिएर देश छोड्नु अघिल्लो राति सेनाले कर्फ्यु तोड्नेलाई गोली हान्न नसक्ने जनाउ दिएको बताइएको छ ।

बंगलादेशका सेना प्रमुख जनरल वाकर उज जमानले आइतबार आफ्ना जनरलहरूसँग बैठक गरेका थिए । उक्त बैठकले कर्फ्यु तोडे पनि नागरिकलाई गोली नचलाउने निर्णय गरेको सो बैठकबारे जानकार सेवारत दुई आर्मी अफिसरले रोयटर्सलाई बताएका छन् ।

त्यसपछि प्रधानसेनापति वाकर प्रधानमन्त्रीको कार्यालयमा गएर सिपाहीहरू उनले घोषणा गरेको लकडाउन कार्यान्वयन गर्न नसक्ने अवस्थामा रहेको बताएका थिए । यसको सन्देश हसिनालाई सेनाको समर्थन छैन भन्ने थियो । 

त्यसपछि नै हसिनाले राजीनामा दिएर देश छोड्ने ‘मुड’ बनाएकी थिइन् । उनका छोरा तथा सल्लाहकार सजीव वाजेदले यसअघि सार्वजनिक मन्तव्यका क्रममा आफ्नी आमाले आइतबार नै राजीनामाको ‘मुड’ बनाएको बताएका थिए ।

समाचार एजेन्सीहरूका अनुसार अहिलेका प्रधानसेनापतिका ससुरा जनरल मुस्ताफिजुर रहमान शेख हसिनाका काका हुन् । काकाको ज्वाईं भनेपछि हसिनाको पनि उनी बहिनीज्वाईं पर्छन् । 
(रोयटर्समा आधारित)
 

प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  १०:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro