site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
मुहम्मद युनिस बने बंगलादेशको अन्तरिम सरकार प्रमुख 

काठमाडौं । बंगलादेशको अन्तरिम सरकारको प्रमुख मुहम्मद युनिस बनेका छन् । उनले मंगलबार अन्तरिम सरकारको नेतृत्व गर्न तयार रहेको बताएका थिए ।

युनिसले भनेका थिए, “यति धेरै त्याग गर्ने विद्यार्थीले मलाई यो कठिन घडीमा पाइला चाल्न अनुरोध गरिरहेका छन्, म कसरी इन्कार गर्न सक्छु ?” 

Dabur Nepal
NIC Asia

नोबेल शान्ति पुरस्कार विजेता युनिस बंगलादेशको अन्तरिम सरकारको प्रमुख सल्लाहकार हुने राष्ट्रपतिको कार्यालयले घोषणा गरेको बीबीसीले जनाएकाे छ ।

आरक्षण आन्दोलनको नेतृत्व गरेका विद्यार्थीका प्रतिनिधि र सेनाका प्रमुखसमेत सहभागी बैठकले युनिसलाई अन्तरिम सरकारको प्रमुख बनाउने  निर्णय गरेकाे  बताइएको छ । 

विद्यार्थी नेतृत्वको आन्दोलन अशान्तिमा परिणत भएपछि प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिँदै देश छोडेकी थिइन् । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  ०७:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro