विदेश
काठमाडौं । बंगलादेशबाट भाग्न खोजेको आरोपमा पूर्वविदेशमन्त्री हसन महमुद पक्राउ परेका छन् । उनलाई हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको ढाका ट्रिब्युनले जनाएको छ ।
विमानस्थलका सुरक्षा अधिकारीहरूले उनलाई दिल्ली जाने क्रमा पक्राउ गरिएको बताएका छन् ।
उनी शेख हसिनाको अघिल्लो कार्यकालमा उनी सूचनामन्त्री थिए ।
यसअघि मंगलबार बिहान पूर्व दूरसञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री जुनैद अहमद पलक विमास्थलबाटै पक्राउ परेका थिए । उनी पनि भारत जान खोजेको जनाइएको छ ।
प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१ २२:४०
प्रतिक्रिया दिनुहोस्