विदेश
काठमाडौं । विद्यार्थी आन्दोलनको १३ सदस्यीय टोली बंगलादेशको वर्तमान अवस्था र अन्तरिम सरकारको रूपरेखाबारे छलफल गर्न राष्ट्रपति भवन गएको छ ।
मंगलबार साँझ बंगभवन पुगेर राष्ट्रपति र तीनै सेनाका प्रमुखलाई भेटेको आन्दोलनका संयोजकमध्येका एक अबु बकर मजुमदारले ढाका ट्रिब्युनलाई बताएका छन् ।
उनीहरूसँगै ढाका विश्वविद्यालयका प्राध्यापक आसिफ नजरुल र प्रोफेसर तन्जिमुद्दीन पनि छन् ।
सेनाले आफ्नै नेतृत्वमा अन्तरिम सरकार गठन गर्ने बताए पनि विद्यार्थी नेताहरूले मानेका छैनन् ।
प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१ २०:५३
प्रतिक्रिया दिनुहोस्