site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
बंगलादेशमा अल्पसंख्यक र मन्दिरलाई निसाना बनाइएको भन्दै भारत चिन्तित
SkywellSkywell

काठमाडौं । भारतले बंगलादेशका आन्दोलनकारीहरूले अल्पसंख्यक र हिन्दु मन्दिरलाई निसाना बनाएको भन्दै चिन्ता व्यक्त गरेको छ ।

भारतका विदेशमन्त्री एस जयशंकरले मंगलबार बंगलादेशको पछिल्लो अवस्थाबारे राज्यसभामा बोल्ने क्रममा भने, “हामी बंगलादेशमा अल्पसंख्यकहरूमाथि नजर राखिरहेका छौँ । भारतसँगको सीमामा थप सतर्कता अपनाइएको छ ।”

Dabur Nepal
NIC Asia

उनले बंगलादेशका विभिन्न क्षेत्रमा करिब १९ लाख भारतीय बसोबास गरिरहेको जानकारी राज्यसभालाई दिए । तर, तीमध्ये १० लाख जना गत जुलाई महिनामा नै भारत आएको उनले बताए । अधिकांश भारतीय विद्यार्थी अहिले बंगलादेशमा रहेको उनले जनाए ।

“अगस्ट ५ मा शेख हसिनाले राजीनामा दिने निर्णय गरिन् । उनले छोटो समयमै भारतमा उडान गर्ने अनुमति मागिन् । उनी हिजो (सोमबार) साँझ दिल्ली आइपुगेकी छन्,” जयशंकरले बताए । 

उनले गत जनवरीमा भएको आम निर्वाचनलगत्तै बंगलादेशमा विरोध सुरु भएको बताए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  १६:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu