site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
श्रीलंकालाई हराउँदै भारत फाइनलमा 
फाइल तस्बिर ।

काठमाडौं । भारत काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा प्रवेश गरेको छ । भारतले मंगलबार भएको पहिलो सेमिफाइनलमा श्रीलंकाविरुद्ध ३–० सेटमा जित निकाल्दै प्रतियोगिताको फाइनलमा स्थान सुनिश्चित गरेको हो । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) परिसरमा रहेको कभर्ड हलमा भएको सेमिफाइनलमा भारतले पहिलो सेट २५–१५ र दोस्रो सेट २५–१६ ले जितेको थियो । अन्तिम सेट प्रतिस्पर्धात्मक बने पनि भारतले २५–२३ ले स्कोर आफ्नो पक्षमा राख्दै फाइनल यात्रा तय गरेको हो । 

भारत लिग चरणको विजेताको रूपमा सेमिफाइनल आएको हो । भारतले लिग चरणमा माल्दिभ्स, इरान र श्रीलंकालाई हराउँदा नेपालसँग भने पराजित भएको थियो । 

तालिकाको चौथो स्थानमा रहँदै सेमिफाइनल आएको श्रीलंकाले भने भारत, नेपाल र इरानसँग हार व्यहोर्दा माल्दिभ्सविरुद्ध जित निकालेको थियो । भारतले अब उपाधिका लागि नेपाल र इरानबीचको विजेतासँग खेल्ने छ । नेपाल र इरानबीचको दोस्रो सेमिफाइनल खेल पनि आजै हुने तालिका छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  १६:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro