site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मेलम्ची नदी सतर्कता तह पार
फाइल तस्बिर ।

काठमाडौं । सिन्धुपाल्चोकमा मेलम्ची नदीको जलसतह सतर्कता तह पार भएको छ । मंगलबार दिउँसो नाकोटेको जलमापन केन्द्रमा मेलम्ची नदी सतर्कता तह पार भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

नदीमा पानीको बहाव बढ्दो क्रममा छ । तल्लो नदीतटीय क्षेत्रमा बाढीको जोखिम हुने भन्दै सतर्कता अपनाउन महाशाखाले सचेत गराएको छ ।

“साउन २२, दिउँसो १२ः१५ बजे । सिन्धुपाल्चोक जिल्लास्थित मेलम्ची नदी नाकोटेको जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले मेलम्ची बजारलगायत तल्लो नदीतटीय क्षेत्रमा बाढीको जोखिम भएकाले सो क्षेत्रमा रहनुहुनेहरूले सतर्कता अपनाउनुहुन अनुरोध छ,” महाशाखाको सूचनामा उल्लेख छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  १३:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro