site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
वाग्मती नदीबीचमा अड्किए तीन कुकुर

काठमाडौं । मनसुन पुनः सक्रिय हुँदा वर्षासँगै नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढेको छ । काठमाडौं उपत्यकाका नदीतटीय क्षेत्रमा ‘अति उच्च सतर्कता’ अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

वाग्मती र यसका सहायक नदीहरू विष्णुमती, धोबीखोला, मनोहरा, हनुमन्ते, गोदावरी, खोड्कु, नख्खुलगायत साना नदीमा जलसतह बढेको छ ।

Dabur Nepal
NIC Asia

वाग्मती नदीमा पानीको बहाव उच्च छ । नदी आसपासका सुकुम्बासी बस्ती डुबानको जोखिममा छन् । थापाथलीस्थित काठमाडौं–ललितपुर जोड्ने पुलमुनि तीन वटा कुकुर अलपत्र परेका छन् ।

वाग्मती नदीमा आएको भेलको बीच भागमा कुकुर अलपत्र परेका हुन् । नदीले दुई भंगाल बनाएर बगेको छ । त्यही दुई भंगालको बीच भागमा कुकुर अलपत्र परेका हुन् । दुवैतर्फको भंगालमा पानीको बहाव उच्च भएपछि त्यही अलपत्र परेका हुन् ।गएरातिदेखि नै अड्किएको आशंका गरिएको छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  १२:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro