site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
पेरिस ओलम्पिक : पुरुष फुटबलमा स्वर्णका निम्ति फ्रान्स र स्पेनले खेल्ने

काठमाडौं । पेरिस ओलम्पिक–२०२४ अन्तर्गत पुरुष फुटबलको स्वर्णपदकका निम्ति घरेलु टिम फ्रान्स र स्पेन भिड्ने भएका छन् । फ्रान्सले सोमबार राति इजिप्टविरुद्ध ३–१ को सहज जित निकालेसँगै स्पेनलाई फाइनल प्रतिद्वन्द्वीका रूपमा पाएको हो ।

खेलमा अग्रता भने इजिप्टले बनाएको थियो । ६२औँ मिनेटा मोहमौद सबेरले गोल गर्दै इजिप्टलाई अग्रता दिलाएका थिए । ८३औँ मिनेटमा जेन फिलिपे मटेटाको गोलमा फ्रान्स खेलमा फर्कियो ।

निर्धारित समय १–१ को बराबरीमा सकियो । त्यसपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । ९९औँ मिनेटमा मटेटाले नै गोल गरेपछि फ्रान्सले २–१ को अग्रता बनाएको थियो । १०८औँ मिनेटमा माइकल ओलिसेले गोल गर्दै फ्रान्सको अग्रतामा ३–१ मा पुर्‍याएका थिए ।

खेलको ९२औँ मिनेटमा ओमर फायेदले रातो कार्डको दर्शन गरेपछि इजिप्ट १० खेलाडीमा समेटिएको थियो ।

पहिलो सेमिफाइनलमा मोरोक्कोलाई २–१ ले हराउँदै स्पेनले फाइनल यात्रा तय गरिसकेको छ । स्पेन र फ्रान्सबीचको फाइनल खेल अगस्ट ९ मा हुनेछ ।

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  ११:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro