देश
भोजपुर । कोसी प्रदेश सरकारले इर्खुवाखोला बाढीबाट मृत्यु भएका मृतकका परिवारलाई राहत वितरण गरेको छ । यही साउन १६ गते आएको बाढीले मृत्यु भएका दुई परिवार र बाढीपीडितलाई राहत वितरण गरेको हो ।
बाढीले बगाउँदा इर्खुवाखोला जलविद्युत आयोजनामा काम गर्ने मजदुर श्यामकुमार थारू र रमेश थारूको मृत्यु भएको थियो ।
प्रदेश सरकारको तर्फबाट तत्काललाई मृतकका परिवारलाई एक–एक लाख रुपैयाँ हस्तान्तरण गरिएको हो । त्यस्तै बाढीपीडित पाँच परिवारलाई चालम, दाल, तेल, नुन, कम्बल र त्रिपाल वितरण गरिएको छ । रासस
प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१ ०८:१३
प्रतिक्रिया दिनुहोस्