site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लेखा समितिका सभापतिले विद्युत् महसुल तिर्नुपर्ने निर्णय उल्टाउन लाग्नुभयो : सांसद सापकोटा 
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेकपा माओवादी (केन्द्र)का सांसद माधव सापकोटाले सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले यसअघिको निर्णय उल्टाउन लागेको आरोप लगाएका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सापकोटाले ध्यानाकर्षण गराएका हुन् ।

उनले यसअघिको लेखा समितिले डेडिकेटेड तथा ट्रंकलाइनका बारेमा छानबिनका लागि उपसमिति बनाएर निर्णय दिएको र त्यसलाई पोखरेलले उल्टाउन लागेको बताएका हुन् । “२०७६ साउन ५ गतेको निर्णयबाट मीनेद्र रिजालको संयोजकत्वमा उपसमिति बनेको थियो । उक्त समितिले आठ महिना लगाएर १७ पृष्ठको प्रतिवेदन दिएको थियो,” उनले भने, “उक्त बैठकको निर्णय विद्युत् प्राधिकरणको नेतृत्वलाई समयमै महसुल नतिर्ने ग्राहकहरूलाई हालसम्म कुनै कारबाही नगरेको हुँदा नेपाल सरकारलाई निर्देशन दिने भनिएको थियो ।” 

यस्तै, प्राधिकरणलाई आर्थिक क्षति हुने र आर्थिक दायित्व बढ्ने गरी कुनै निर्देशन नगर्न नगराउन भनिएको उनले बताए । “सरकारका वा राज्यका निकायहरू भनेको अविछिन्न उताराधिकारवाला संस्थाहरू हुन् । त्यतिबेलाको सार्वजनिक लेखा समितिले यी निर्णयहरू कार्यान्वयन गराउनुको साटो संसदीय समिति स्वार्थ बाझिएका निर्णयमाथि निगरानी गर्ने, संसदीयरूपमा खबरदारी गर्ने र सरकारलाई निर्देशन दिने स्पष्ट कार्यदिशा छ,” उनले भने, “तर, समितिका सभापतिले स्पष्ट निर्णय हुँदा हुँदै यी सबै निर्णयहरू लत्याएर, जे छलफल गरिराख्नु भएको छ यो अनैतिक छ, आपत्तिजनक छ ।” 

उद्योगीहरूसँग भेटेको विषयमा धारणा राख्दै उनले होटेलमा गएर भेट्नुपर्ने कस्तो बाध्यता हो भन्ने प्रश्न गरे । 

“भिभान्ता होटेल कुनै सरकारी कार्यालय हो ? लेखा समितिका लागि सिंहदरबारमा कार्यालय छुट्याइएको छ । संसदीय अभ्यासअन्र्तगत सार्वजनिक लेखा समितिको नेतृत्व विपक्षी दलमा हुन्छ । समितिको नेतृत्व तत्काल प्रतिपक्षलाई दिइयोस् । अहिलेको लेखा समितिको जे रहस्यमह घटना अगाडि बढाउनु भएको छ त्यसमा रुलिङ चाहन्छु र सिंगो संसद्को ध्यानाकर्षण गराउन चाहन्छु,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  १४:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro