site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
धादिङमा गुडिरहेको माइक्रोमाथि रुख ढल्दा नौ यात्रु घाइते

मलेखु (धादिङ) । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–५, जरेमा गुडिरहेको माइक्रोबसमाथि रूख ढल्दा नौ यात्रु घाइते भएका छन् ।

धादिङबाट काठमाडौंतर्फ जाँदै गरेको वाग्मती १–००६च ६२१२ नम्बरको माइक्रो बसमाथि जरेपुलनजिक रूख ढल्दा उक्त दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार घाइते यात्रुको गजुरीका विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । 

“घाइते सबै खतरामुक्त रहेका छन्,” प्रहरी नायव उपरीक्षक मिश्रले भने । रूख ढल्दा पृथ्वी राजमार्ग केहीबेर दुईतर्फी अवरूद्ध बनेको थियो । अहिले दुईतर्फी यातायात सेवा सञ्चालन भएको प्रहरीले जनाएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  १२:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro