site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
बंगलादेशमा मारिनेको संख्या ९० पुग्यो : देशव्यापी कर्फ्यु, इन्टरनेट बन्द

ढाका । बंगलादेशमा आइतबार प्रधानमन्त्री शेख हसिना वाजेदको राजीनामा माग गर्दै भएको विद्यार्थी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या कम्तीमा ९० पुगेको छ । आक्रमणमा १३ प्रहरी पनि मारिएका छन् ।

आन्दोलन हिंसात्मक भएपछि बंगलादेशमा आइतबार रातिदेखि देशव्यापी कर्फ्यु आदेश जारी गरिएको छ । इन्टरनेट सेवामा पनि रोक लगाइएको छ ।

प्रधानमन्त्री हसिनाले आइतबार राति नै सुरक्षा परिषद्को बैठक डाकेकी थिइन् । उनले हिंसात्मक आन्दोलनमा उत्रिनेलाई आतंककारीको संज्ञा दिएकी छन् । हिंसामा संलग्नलाई हटाउन सहयोग गर्न उनले नागरिकलाई आह्वान पनि गरेकी छन् ।

हरेक दिन बिहान ६ देखि राति ९ बजेसम्म कर्फ्यु लाग्ने जनाइएको छ । बंगलादेश सरकारले आजदेखि तीन दिनसम्म देशमा सार्वजनिक बिदा दिने समेत निर्णय गरेको छ ।

यसैबीच, बंगलादेशमा पूर्वसैन्य प्रमुख इकबाल करिब भुइयाँले एक वक्तव्य जारी गरी सशस्त्र बललाई तुरुन्तै आफ्नो मिलिटरी क्याम्पमा फर्कन आग्रह गरेका छन् । उनले अहिलेको संकटलाई संवादका माध्यममार्फत निकास दिन पनि आग्रह गरेका छन् ।

हालैको आरक्षणविरोधी आन्दोलनमा २०० भन्दा बढी विद्यार्थी मारिएको र करिब १० हजारजनालाई पक्राउ गरिएको थियो ।

विद्यार्थीले देशव्यापी रूपमा अवज्ञा आन्दोलन सुरु गर्दै नागरिकलाई कर र युटिलिटिज बिल नतिर्न पनि भनेका छन् । विद्यार्थीले सबै कलकारखाना र सार्वजनिक यातायात बन्द गर्न समेत आग्रह गरेका छन् ।

विद्यार्थी आन्दोलनका नेता नहिद इश्लामले प्रधानमन्त्री हसिनाले राजीनामा मात्र होइन, नागरिकको हत्या गरिएकामा उनीमाथि अभियोजन समेत हुनुपर्ने जनाएका छन् । लुट र भ्रष्टाचारका बारेमा पनि छानबिन गरिनुपर्नेमा उनले जोड दिएका छन् । बीबीसीबाट ।

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  ०९:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro