site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
र्‍याकमाथि मदन भण्डारीको सालिक ! (तस्बिरहरू)

काठमाडौं । ललितपुरको च्यासलस्थित नेकपा (एमाले)को पार्टी कार्यालय अझै पूर्ण रूपमा ओभाएको छैन । वर्षासँगै गएको बुधबार राति मनोहरा खोलामा आएको बाढी कार्यालयमा पसेको थियो ।

कार्यालय डुबानका कारण यही साउन १७ गते एमालेको सचिवालय बैठक काठमाडौंको हनुमानथानस्थित बसेरा होटेलमा राखिएको थियो । उक्त बैठकबाट मनोनीत उपाध्यक्ष गुरु बरालसहित १७ केन्द्रीय सदस्यको शपथग्रहण कार्यक्रम भने आइतबार पार्टी कार्यालयमा नै आयोजना गरियो ।

त्यहाँ पुग्दा पार्टी कार्यालयको भित्री भागमा अझै हिलो देखियो । केही किताब भिजेको कार्यालयका कर्मचारीले बताए । हिलोका कारण व्यवस्थापन पहिलेजस्तो बनाउन नसकिएको उनीहरूको भनाइ छ ।

पानी पसेको कोठामा सामान छरपस्ट देखिन्छ । त्यहीँ एउटा कोठाभित्र काठको र्‍याकमाथि जननेता मदन भण्डारीको पूर्णकदको सालिक राखिएको छ ।

पार्टी कार्यालयभित्र देखिएको केही दृश्य हेर्नोस्–

a10-1722772319.jpg

a5-1722772318.jpg

a7-1722772318.jpg

a8-1722772318.jpg

a9-1722772318.jpg

a1-1722772317.jpg

a2-1722772317.jpg

a3-1722772317.jpg

a4-1722772317.jpg

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  १७:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro