site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
कपिलवस्तुको कृष्णनगरमा निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । कपिलवस्तुको कृष्णनगरमा स्वर्गीय वक्तावारीदेवी गोयल कल्याणकारी कोषले युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस भैरहवाको समन्वयमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

कपिलवस्तुको कृष्णनगरमा अवस्थित लक्ष्मीनारायण मन्दिर परिसरमा शनिबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

Argakhachi Cement Island Ad

बिहान ९ः३० बजे देखि सुरु भएको शिविरमा कृष्णनगरसहित आसपासबाट आएका करिब ४५० जना बिरामीले स्वास्थ्य जाँच गराएका थिए ।

Shivir-(2)-1722771181.jpeg
 

शिविरमा सामान्य चिकित्सक, महिला रोग, हाडजोर्नी तथा नसारोग, बाल रोग, नाक कान घाँटी, रगत परीक्षण, अल्ट्रासाउन्ड परीक्षण, दाँत तथा गिजा रोग, ईसीजी, छाला तथा यौन रोगलगायको निःशुल्क परीक्षण तथा निःशुल्क औषधि वितरण गरिएको कोषका अध्यक्ष विश्वनाथ गोयलले बताए ।

शिविरमा उपस्थित भई नाम लेखाएका तथा विभिन्न रोगको जाँच गराएका बिरामीले भदौ १७ गतेसम्म विभिन्न रोगको उपचारमा युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस भैरहवाले विशेष छुट तथा सहुलियत दरमा पाउने गोयलले बताए ।

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  १७:१८
प्रतिक्रिया दिनुहोस्