site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भेनेजुएलालाई मतदानको रेकर्ड सार्वजनिक गर्न युरोपेली संघका सात राष्ट्रको आग्रह

रोम । युरोपेली संघ (ईयू)का सात राष्ट्रका नेताहरूले भेनेजुएलालाई ‘निर्वाचन प्रक्रियाको पूर्ण पारदर्शिता र सत्यनिष्ठा’ देखाउन मतदानको विवरण सार्वजनिक गर्न शनिबार आग्रह गरेका छन् ।

फ्रान्स, जर्मनी, इटाली, नेदरल्यान्ड्स, पोल्यान्ड, पोर्चुगल र स्पेनले जारी गरेको वक्तव्यमा राष्ट्रपति चुनावपछिको देशको अवस्थाबारे ‘कडा चिन्ता’ व्यक्त गरिएको छ ।

राष्ट्रपति निकोलस मदुरोले गत साताको मतदानमा विजयी भएको दाबी गरेका थिए तर, विपक्षीले भने एडमुन्डो गोन्जालेज उरुटिया विजयी भएको दाबी गर्दै आधिकारिक नतिजाको विरोध गरेका छन् ।

“हामी भेनेजुएलाका अधिकारीहरूलाई मतदानसम्बन्धी सबै विवरण तत्काल सार्वजनिक गर्न आग्रह गर्दछौँ,” सात देशका नेताहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

भेनेजुएलाका जनताको इच्छालाई मान्यता दिन यस्तो कदम चाल्नु आवश्यक रहेको विज्ञप्तिमा उल्लेख छ ।

“भेनेजुएलाका विशेषगरी विपक्षी राजनीतिक नेता र सबै नागरिकको अधिकारलाई यस प्रक्रियामा सम्मान गर्नैपर्छ ।

विज्ञप्तिमा भनिएको छ, “हामी उनीहरूविरुद्ध कुनै पनि गिरफ्तारी वा धम्कीको कडा शब्दमा निन्दा गर्दछौँ, अधिकारीहरूले जनताको ‘शान्तिपूर्ण रूपमा विरोध प्रदर्शन गर्ने र भेला हुने अधिकार’को सम्मान गर्नुपर्छ ।

भेनेजुएलाका हजारौँ नागरिकले मादुरोले चुनाव जितेको दाबीलाई चुनौती दिन देशभर भेला भएका बेला उक्त वक्तव्य आएको हो ।

राष्ट्रपतिप्रति वफादार रहेको सीएनई निर्वाचन प्राधिकरणले शुक्रबार मादुरोको विजयलाई अनुमोदन गरेपछि सुरु भएको प्रदर्शनमा ११ जनाको मृत्यु भएको थियो । साथै, एक हजारभन्दा बढीलाई हिरासतमा लिइएको बताइएको छ ।

संयुक्त राज्य अमेरिका र ल्याटिन अमेरिकी छिमेकी अर्जेन्टिना, कोस्टारिका, पानामा, इक्वेडर र उरुग्वेलगायत देशहरूले उक्त नतिजालाई अस्वीकार गरिसकेका छन् ।

भेनेजुयलाको विपक्षी दलले आफ्नो उमेदवार गोन्जालेज उरुटिया स्पष्ट रूपमा विजयी भएको दाबी गर्दै आएको छ ।रासस/एएफपी

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  १२:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro