site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
गण्डकी प्रदेशमा बने २० वटा पुल

म्याग्दी । गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्षमा २० वटा पुल निर्माण गरेको छ । ती पुलबाट बाह्रै महिना यातायातका साधन सञ्चालन गर्न सकिने भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ ।

गत आवमा गोरखा र तनहुँमा आठ, नवलपुर र बागलुङमा छ, म्याग्दी र कास्कीमा चार, लमजुङ र मनाङमा दुईवटा पुल निर्माण भएका हुन् ।

गत वर्ष गोरखा नगरपालिकाको दरौदी, बेनीघाट–आरुघाट–रुल्डी सडकअन्तर्गत आरखेतखोला, जरेबर–नारेश्वर–गोरखाबजार सडकअन्तर्गत दरौदी–जरेबर, लाप्राक–गुम्दा–लापु सडकको मुग्लाङ खोलामा मोटरेबल पुल निर्माण भएका हुन् ।

यसैगरी, तनहुँको शालिग्राम करिडोरअन्तर्गत ऋषिङ गाउँपालिका–५ पुनटारको लुम्दीखोला, बेलसोटी मार्गको म्याग्देखोला, बागेश्वरी मार्गको बुल्डीखोला र आबुखैरेनी गाउँपालिकाको २ र ३ नम्बर वडामा पर्ने खहरेखोला, लमजुङको सेतोपहिरो–बगरेबेँसी सडकको मिदिमखोला (बागे्रबेँसी), मनाङको पिसाङस्थित छार्ताङखोला, म्याग्दीको मालिका गाउँपालिका–१ र ६ को सिमाना छ्यारछ्यारेस्थित म्याग्दीखोला, मालिका–७ र धवलागिरि–७ को सिमाना भएर बग्ने भारवाङमा म्याग्दीखोलामा पुल निर्माण भएका हुन् ।

पूर्वाधार विकास निर्देशनालयका निमित्त निर्देशक डा महेन्द्र बानियाँका अनुसार कास्कीको अर्मला–भुते–गेर्लाङ गाउँ–हरपक सडकको भुतेखोला र बुढीबजार–डहरे–एयरपोर्ट–चाउथे सडकको बिजरपुरखोला, नवलपुरको बवाक–डेढगाउँ सडकको निरम्दीखोला, गैडाकोट नगरपालिका–३ र ४ मा पर्ने जयश्रीखोला (दोस्रो) र आमरासा–डुकान–मेनघाट–हुप्सेकोट सडकको गिरबारीखोलामा पुल बनेका छन् ।

यसैगरी, बागलुङको मल्म–रिघा–सिसाखानी–पाण्डवखानी सडकको रिघा सारपेथुङ्गा, डोगाडी–ढोरपाटन सडकको गौडीखोला र नरेठाँटी–हरिचौर सडकको चुक्टीखोलामा पुल निर्माण भएका हुन् । रासस

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  ०६:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro