site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राजाका कारण प्रगति भएन भन्नेहरू ब्रह्मलुटमा मस्त छन् : कमल थापा 

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले तत्कालीन समयमा राजाका कारण देश विकास भएन भन्नेहरू आज ब्रम्हलुटमा मस्त भएको बताएका छन् । राजसंस्थालाई शोषक सामन्ती भन्नेहरू अहिले सर्वसत्तावादी भएको उनले आरोप लगाए ।

पार्टीको ललितपुर जिल्ला समितिद्वारा शनिबार कुमारीपाटीमा आयोजित प्रशिक्षण कार्यक्रममा थापाले रोग, भोक, अशिक्षा, गरिबी र पछौटेपनको कारक राजसंस्था, एकात्मक शासन प्रणाली र हिन्दु धर्म भन्नेहरूले अब जवाफ दिनुपर्ने समय आएको समेत बताए ।

Dabur Nepal
NIC Asia

विदेशीहरूले राजनीतिक दलहरूलाई खेलाइरहेको, दबाब र प्रभाब बढाउँदै लगेको उनले टिप्पणी गरे । राष्ट्रियता संकटमा पर्दा देशको अस्तित्व रक्षाका निम्ति आफूहरूले राजासहितको प्रजातन्त्रको एजेन्डा उठाएको उनले जिकिर गरे ।

राप्रपा नेपाल परिवर्तनविरोधी शक्ति नभएको उनले बताए । परिवर्तन पक्षधर नै भएको उनले स्पष्ट पारे । तर, निरन्तरतासहितको परिवर्तन जरुरी भएको उनको भनाइ थियो ।

कुनै पनि देशले आफ्नो धर्म, संस्कृति, मूल्य–मान्यताको रक्षाबिना प्रगति नगर्ने उनको धारणा छ । विदेशी शक्तिले बोकाइदिएको भारी बोकेर देशको स्वाधीनताको रक्षा नहुने उनले बताए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन १९, २०८१  १५:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro