site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चस्मा

“चस्मा नलगाए पनि देख्नुहुन्छ ?,” चूडामणिले सोधे ।

“मेरो चस्मा टाढाको लागि मात्रै हो,” धनपतिले जवाफ दिए ।

“थकाइ कस्तो छ साथी ?,” उनले पुनः सोधे ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

“अब त मेटियो ।” यति भन्दै मोबाइलमा खिचेका फोटोहरू हेर्न थाले ।

“सहकारीको भ्रमणमा पनि कस्तो उकालो लेकतर्फ ल्याउँछन्, तल ठूलो ढुंगानेर धन्न खुस्किएन ! फोक्सै बाहिर आउलाजस्तो भयो,” चूडामणिको गुनासो थियो ।

बाहिर अरूहरू पनि गफ गर्दै थिए । उनलाई पनि धनपतिले जस्तै आफूले बाटोमा खिचेका फोटो हेर्न मन लाग्यो ।

फोटो हेर्न यसो मोबाइल समातेका थिए, जुरुक्क उठेर बाहिर धारोमा गए । चिसोपानीले छ्यापेर मुख धोए ।

‘अघि तल उकालो चढ्न मुस्किल भएको थियो । लेक लाग्दा कसैको आँखा पनि जान्छ भन्थे, मेरो पनि हान्यो कि !’ मनमा कुरा खेलाउँदै टेबलमा फोन राखे ।

उनलाई गर्मी महसुस भयो । उठेर ज्याकेट खोले ।

हठात् उनको अनुहारमा मुस्कान छायो, “ल हेर, मेरो चस्मा त सर्टको खल्तीमै पो रहेछ !”

(पोखरा, कास्की)
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन १९, २०८१  ०९:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro