site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कामु प्रधानसेनापतिविरुद्धको रिटमा दरपिठ सदर, नियुक्तिका लागि बाधा हट्यो

काठमाडौं । सर्वोच्च अदालतले कामु प्रधानसेनापति नियुक्त भइसकेका बलाधिकृत रथी अशोकराज सिग्देलविरुद्धको रिटमा भएको दरपिठ सदर गरिदिएको छ । यसअघि साउन १३ गते सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेलले रिट दर्ता नहुने भन्दै ‘दरपिठ’ गरिदिएका थिए ।

उक्त दरपिठविरुद्धको निवेदनमा न्यायाधीश शारंगा सुवेदीको इजलासले बिहीबार दरपिठ सदर गरिदिएको हो । दरपिठ सदर भएसँगै सिक्देललाई प्रधानसेनापति नियुक्त गर्न बाधा हटेको हो ।

वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने र सिन्धुलीका युवराज सफल (पौडेल)ले सिग्देलको जन्ममितिमा कैफियत रहेको दाबी गर्दै रिट लगेका थिए । सर्वोच्च प्रशासनले रिट दरपिठ गरिदिएपछि त्यसविरुद्ध उनीहरूले इजलासमा निवेदन दिएका थिए ।

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  १८:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro