site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमालेमा योगेशलाई संसदीय विभाग प्रमुखको जिम्मेवारी 

काठमाडौं । नेकपा (एमाले)ले सचिव योगेश भट्टराईलाई संसदीय विभाग प्रमुखको जिम्मेवारी तोकेको छ । बिहीबार बसेको सचिवालय बैठकले भट्टराईलाई विभाग प्रमुख तोकेको हो । 

अघिल्लो कार्यविभाजनमा भट्टराई मधेस प्रदेश इन्चार्जको जिम्मेवारीमा थिए । संसदीय विभाग प्रमुखमा यसअघि उपमहासचिव पृथ्बीसुब्बा गुरुङ थिए । 

भट्टराईले आफूले संसदीय फाँटमा प्रभावकारी जिम्मेवारी निभाउने सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । “आज बसेको नेकपा एमाले केन्द्रीय सचिवालयको बैठकले गरेको कार्यविभाजनअनुसार मलाई संसदीय विभाग प्रमुखको जिम्मेवारी तोकिएको छ । संसदीय क्षेत्रमा रहेका कमरेडहरूको क्षमता अभिवृद्धि तथा संसदीय फाँटमा पार्टीको प्रभावकारी भूमिका र जनअपेक्षालाई संबोधन गर्न विभागले गर्ने कामका बारेमा यहाँहरूको सुझाव तथा सल्लाहका लागि हार्दिक अनुरोध गर्दछु,” उनले भनेका छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  १८:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro