site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमालेको परराष्ट्र मामिला विभागको प्रमुखमा महासेठ, स्कुल र प्रचार विभाग प्रमुखले पाए निरन्तरता 

काठमाडौं । नेकपा (एमाले)ले पराराष्ट्र मामिला विभागको प्रमुखको जिम्मेवारी पार्टीका सचिव रघुवीर महासेठलाई दिएको छ । बिहीबार बसेको सचिवालय बैठकले महासेठलाई उक्त विभागको जिम्मेवारी तोेकेको एक पदाधिकारीले जानकारी दिए । 

यसअघि परराष्ट्र विभागको प्रमुखमा राजन भट्टराई थिए । स्थायी कमिटी सदस्य भट्टराईलाई आजको बैठकले वाग्मती प्रदेश इन्चार्जको जिम्मेवारी तोकेको छ । 

ती पदाधिकारीका अनुसार स्कुल विभाग प्रमुखमा उपमहासचिव प्रदीप ज्ञवाली, प्रचार विभाग प्रमुखमा स्थायी कमिटी सदस्य राजेन्द्र गौतम, संगठन विभाग प्रमुखमा काशीनाथ अधिकारीले नै निरन्तरता पाएका छन् । आजको बैठकले केही विभागीय प्रमुखको जिम्मेवारी हेरेफेर गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  १७:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro