site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यस्तो छ एआई, रोबर्ट र साइबर सुरक्षासम्बन्धी प्रदर्शनी ‘टेक एक्स’ (तस्बिरहरू)

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई), रोबर्ट र साइबर सुरक्षासम्बन्धी परियोजनाको प्रदर्शनी ‘टेक एक्स २०२४’ जारी छ । प्रदर्शनीमा विद्यार्थी, कर्पोरेट क्षेत्र र सर्वसाधारणको सहभागिता उल्लेख्य छ । 

प्रदर्शनीमा स्वचालित एआई गन, रोबोटिक डग, लाइब्रेरी तथा एयरपोर्ट म्यानेजमेन्टका लागि लक्षित गरी निर्माण गरिएका असिस्टेन्ट एआई रोबोट र गोदाम व्यवस्थापनको अर्धस्वचालित प्रविधि, एआई रोवटिक शिक्षकको अवलोकन गर्न पाइन्छ । 

विद्यार्थीहरूले पासवर्ड क्रयाकिङको विश्लेषण गर्ने रोबर्ट पनि प्रदर्शनीमा छ । प्रदर्शनीमा बैंकिङ, टूर गाइड, फुटबल, एआई असिस्टेन्ट फर आई हस्पिटल, रोबोटिक वेटर, वोबोट वार लगायतका ३० भन्दा बढी परियोजना छन् । 

डिल्लीबजारस्थित सफ्टवेरिका कलेज अफ आईटी एन्ड इकमर्शको आयोजनामा कलेज परिसरमा मेला आयोजना गरिएको हो । 

मेलामा कलेजमा स्नातक तह दोस्रो र तेस्रो वर्षमा अध्ययनरत सूचना प्रविधिका विद्यार्थीले निर्माण गरेका उत्पादन प्रदर्शन गरिएको कलेजका निर्देशक अमृत थापाले जानकारी दिए । 

साउन १५ देखि सुरु प्रदर्शनी २० गतेसम्म सञ्चालन हुनेछ । बिहान १० बजेदेखि साँझ ५ बजेसम्म निःशुल्क अवलोकन गर्न सकिने जनाइएको छ । 

tek-ex-(11)-1722506718.jpg

tek-ex-(4)-1722506716.jpg

tek-ex-(5)-1722506717.jpg

tek-ex-(6)-1722506717.jpg

tek-ex-(7)-1722506717.jpg

tek-ex-(9)-1722506717.jpg

tek-ex-(10)-1722506717.jpg

tek-ex-(1)-1722506716.jpg

tek-ex-(2)-1722506716.jpg

tek-ex-(3)-1722506716.jpg

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  १५:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro