site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सौर्यका पाइलट डिस्चार्जको तयारीमा, भन्छन्– पुनर्जन्म पाएँ

काठमाडौं । दुर्घटनामा परेको सौर्य एयरका पाइलट मनिषरत्न शाक्य उपचारपछि डिस्चार्जको तयारीमा रहेका छन् ।  उनको स्वास्थ्य अवस्थामा सुधार आएपछि डिस्चार्जको तयारी गरिएको अस्पतालले जनाएको छ ।

अस्पतालमा उनलाई भेट्न बिहीबार कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, सांसदसमेत रहेका केएमसी अस्पतालका सञ्चालक सुनील शर्मालगायतको टोली पुगेको थियो । टोलीसँगै पत्रकारसँग कुरा गर्दै अस्पतालकी डाइरेक्टर डा. मीना थापाले घाइते शाक्यको अवस्थामा सुधार आइरहेकाले डिस्चार्जको तयारी भएको बताइन् ।

काठमाडौंबाट पोखरा उड्दै गरेको सौर्यको जहाज बुधबार काठमाडौं विमानस्थलमै दुर्घटनामा परेको थियो । डा. थापाका अनुसार पाइलटसँग दुर्घटनाका बारेमा धेरै कुरा भएको छैन । दुर्घटनालगत्तै पाइलट शाक्यले जहाज उडेर केही माथि जानासाथ कन्ट्रोलबाट बाहिर गएको बताएका थिए 

Dabur Nepal
NIC Asia

चिकित्सकहरुसँगको कुराकानीमा उनले यस्तो बताएको थापाले जानकारी दिइन् ।

“केही माथि पुगेपछि कन्ट्रोल गर्नै सकिएन भनेर भन्नुभएको थियो,” थापाले भनिन्, “हामीले दुर्घटनाका सम्बन्धमा धेरै खोतलेनौँ । जति धेरै घटनाको सम्झना हुन्छ स्ट्रेस बढ्दै जान्छ भनेर पनि हामीले सोध्नुहुँदैन । आयोगले छानबिन गरिरहेकाले हामीले कुरा गरिरहन परेन ।”

उनले शाक्यले घरमै थप उपचार गर्नुपर्ने भएकाले तत्कालै काममा जान सक्ने अवस्था भने पाइलटको नरहेको बताइन् । कांग्रेस उपसभापति खड्काले विमान चालक शाक्यले पुनर्जन्म पाएँ भनेर प्रशन्नता व्यक्त गरेको जानकारी गराए ।

“नाक र ढाडमा केही समस्या रहेछ । चिकित्सकको सल्लाहअनुसार थप उपचार घरमै पनि गर्ने तयारी गरिएको रहेछ,” उनले भने ।

“पुनर्जन्म हुन्छ भन्ने मलाई विश्वास लाग्यो । जाँचबुझ समितिसँग सबै कुरा भनिसकेपछि दुर्घटनाको धेरै कारणहरु उहाँले बताउनुहुनेछ,” खड्काले भने ।

अस्पताल सञ्चालक सुनील शर्माले पनि पाइलटले पुनर्जन्म पाएको बताए ।

“जहाज दुर्घटनाबाट बाँच्न सफल हुनुभयो । पूर्वजन्ममा होस् या पुर्खाले धेरै धर्म गरेको हुँदा उहाँ बाँच्न सफल हुनुभएको हो भन्ने लाग्छ,” शर्माले भने ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  १४:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro