site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
हवाई तुफानको डरले कोरियन एयरले फ्लाइट मेनुबाट हटायो तयारी चाउचाउ

सिउल । एयर टर्बुलेन्स (हवाई तुफान)को समयमा बढी क्षति हुने ठानेर कोरियन एयरले उडानका क्रममा इन्स्ट्यान्ट नुडल्स (तयारी चाउचाउ) नदिने भएको छ । 

यही अगस्ट १५ बाट सो सेवा बन्द गर्न लागिएको जनाइएको छ । तातो नुडल्सले जल्ने समस्या भएको जनाएको छ । सन् २०१९ पछि अहिलेसम्म उक्त कम्पनीको विमान धेरैपटक टर्बुलेन्समा परेको जनाइएको छ ।

Dabur Nepal
NIC Asia

अहिलेसम्म सो एयरलाइन्सले यात्रुलाई निःशुल्क रूपमा चाउचाउ उपलब्ध गराउँदै आएको थियो । त्यसलाई यात्रुहरूले पनि मन पराउने र कोरियन एयर त्यसका लागि पनि चिनिने गर्दै आएको थियो । तर, अब त्यसको सट्टा स्यान्डबीच, कर्न डग्स, पिजा, हट पकेट्स जस्ता सामग्री दिइने जनाइएको छ । सोसल मिडियामा पनि यो बारेमा चर्चा पाएको छ । कतिपयले कफी र चिया चाहिँ तातो हुँदैनन् भनेर प्रश्न पनि सोधेका छन् ।

यो वर्षको सुरुमा सिंगापुर एयरलाइन्सले आफूले अब तातो पेय र खाना टर्बुलेन्सका कारण नदिने बताएको थियो । सो एयरलाइन्सको ३२१ यात्रुसहितको विमान टर्बुलेन्समा पर्दा गएको मे महिनामा एक ७३ वर्षीय बेलायती नागरिकको मृत्यु समेत भएको थियो । बीबीसी

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  १३:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro