अर्थ व्यवसाय
काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा १६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार एक लाख ४९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार प्रतितोला एक लाख ४७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ । चाँदी एक हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१ ११:५६
प्रतिक्रिया दिनुहोस्