site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एकीकृत समाजवादीमा केन्द्रीय सदस्य छान्न सकस, तीन नेतालाई जिम्मा
फाइल तस्बिर ।

काठमाडौं  । नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय सदस्यकाे नाम टुंगो लगाउन तीन सदस्यीय कार्यदल गठन गरेको छ । 

बुधबार बसेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल रहेको कार्यदल गठन गरेको हो । कार्यदलले केन्द्रीय कमिटी र केन्द्रीय आयोगको संख्या, नाम र  मनोनयनबारे गृहकार्य गर्ने प्रचार विभागले जनाएको छ । 

Dabur Nepal
NIC Asia

केन्दीय कमिटीको आगामी बैठक साउन १८ गतेका लागि डाकिएको छ । सोही बैठकले टुंगो लगाउने बताइएको छ । पार्टीको महाधिवेशनले २९९ मध्ये ९३ सदस्य मात्रै चयन गरेको थियो । बाँकी रहेको २०६ सदस्य चयन गर्न एकीकृत समाजवादीमा सकस छ ।

आकांक्षी धेरै हुँदा छान्न समस्या भएको नेताहरू बताउँछन् । बाँकी रहेका १८ पदाधिकारी छनोट गर्न केन्द्रीय कमिटीले पूर्णता नपाउँदा रोकिएको छ । महाधिवेशनले तीन पदाधिकारी मात्रै छानेको थियो ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १६, २०८१  १६:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro