site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
केन्द्रीय सदस्य छान्न माधव नेपाललाई सकस, बैठक नै सारियो 
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) मा केन्द्रीय सदस्य छान्न सकस परेको छ ।  सोमबार (भोलि) का लागि तय भएको बैठक बुधबारसम्मका लागि स्थगित भएको छ ।  तयारी अपुग भएका कारण बैठक सारिएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । 

केन्द्रीय सदस्यका लागि आकांक्षीको व्यवस्थापन गर्न नसक्दा बैठक धकेलिएको एक नेताले जानकारी दिए ।  असार १६–२० गतेसम्म चलेको महाधिवेशनले ९३ सदस्य घोषणा गरेको थियो । 

२९९ सदस्यीय केन्द्रीय सदस्य मध्ये २०६ जना छान्न बाँकी नै छ ।  महाधिवेशनको हलले माधव नेपाललाई सर्वसम्मत अध्यक्ष र घनश्याम भुसाललाई महासचिव बनाएको थियो ।  झलनाथ खनाल पनि सम्मानीत नेतामा नै दोहार्‍याइए । 

बाँकी केन्द्रीय सदस्य १० दिनभित्रै टुंग्याउने भनिए पनि अझै त्यसबारे निर्णय हुन सकेको छैन ।  असार २२ गते नयाँ केन्द्रीय कमिटीको बैठक बसेको थियो ।  बैठकले प्रदेशका इन्चार्ज, अध्यक्षलाई सोही पदमा निरन्तरता दिँदै केन्द्रीय सदस्यको नाम पठाउने कार्यादेश पाएका थिए । 

सोही नामबारे साउन १० गतेको बैठकमा छलफल भएको थियो ।  नाम नटुंगिएपछि सोमबार छलफका लागि बैठक बोलाइएको थियो ।  तर, पुराना केन्द्रीय सदस्य र नयाँलाई कसरी मिलाउने भन्नेमा टुंगो लाग्न बाँकी रहेको एक नेताले जानकारी दिए । 

“केन्द्रीय कमिटी पहिले भन्दा सानो छ । पुराना केन्द्रीय सदस्य र नयाँलाई कसरी समेट्ने भन्ने टुंगो लगाउन बाँकी छ,” एक नेता भन्छन्, “आकांक्षीको संख्या धेरै भएकाले पनि मिलाउन असहज भएको हो ।” 

एकीकृत समाजवादीका नेता सोमप्रसाद पाण्डेले भने केन्द्रीय सदस्य टुंग्याउने विषय पेचिलो नभएको दाबी गरे । 

“शीर्ष नेताहरुको व्यस्तताका कारण बैठक सारिएको हो । नेताहरुको कार्यक्रममा जानुपर्ने रहेछ,” उनी भन्छन्,“ अब बस्ने बैठकमा केन्द्रीय सदस्यको नाम टुंगिन्छ । त्यस्तो समस्या छैन ।” 

केन्द्रीय सदस्यको टुंगो लागेपछि बाँकी पदाधिकारी छनोट हुनेछन् । एकीकृत समाजवादीले २१ पदाधिकारीको व्यवस्था गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  १५:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro