राजनीति
छलफलमा जुट्दै विपक्षी नेता, माओवादी दलको कार्यालयमा बैठक
-1735822283.jpg)
काठमाडौं । नेकपा (माओवादी केन्द्र)सहित विपक्षी दलका नेताको बैठक बस्दै छ । सिंहदरबारस्थित माओवादी केन्द्र संसदीय दलको कार्यालयमा अहिले केही बेरमा बैठक बस्ने तयारी रहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ ।
उपसभामुख इन्दिरा रानामगरमाथि महाभियोग लगाउने सत्ताधारी दलको पछिल्लो क्रियाकलापको विरोध गर्ने विपक्षीको तयारी छ ।
प्रचण्डका सचिवालय सदस्य गोविन्द आचार्यले सरकारको तानाशाही प्रवृत्तिको विरोध गर्ने तयारीस्वरूप बैठक बस्न लागेको बाह्रखरीलाई जानकारी दिए ।
प्रकाशित मिति: मंगलबार, भदौ ३, २०८२ १४:३२
प्रतिक्रिया दिनुहोस्