site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मानवीय विकासकेन्द्रित कार्यक्रम कटौती गर्नु दुर्भाग्य : पूर्वमुख्यमन्त्री कार्की
Tiktok banner adTiktok banner ad

विराटनगर  ।  कोसी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले केन्द्रको गठबन्धनअनुसार नै कांग्रेस कोसी सरकारमा सामेल हुने बताएका छन् । विराटनगरमा आज पत्रकार सम्मेलन गरी कार्कीले केन्द्रको सहमति अनुरुप नै सरकार विस्तार हुने जनाए । उनले भने, “एमालेले कांग्रेसलाई मन्त्री दिनेभन्दा पनि सहमतिमा नै हुने हो ।“

कार्कीले सरकार अविछिन्न उत्तराधिकारी संस्था भएकोले अघिल्लो सरकारले ल्याएका जनता केन्द्रीकृत कार्यक्रम कटौती गर्न नहुने बताए । उनले खासगरी मानवीय विकासका लागि ल्याइएको कार्यक्रम कटौती गर्नु दुर्भाग्य भएको भन्दै १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार निरन्तर गर्न माग गरे । 

उनले भने, “चार महिनामा करिब पाँच करोड खर्च भएछ । एक वर्षमा १५ करोड विनियोजन गरेको भए पुग्ने थियो । यसबाट धेरै विपन्न परिवारका बालबालिकाले राहत पाउने थिए ।” 

उनले मानवीय विकासलाई अगाडि बढाउँदै त्यस दिशामा आफू नेतृत्व सरकार अग्रसर भएको भन्दै भौतिक पूर्वाधार तथा निर्माणमा केन्द्रित रहनेभन्दा पनि मानव केन्द्रित विकासको कार्यक्रम ल्याएको सुनाए । भने, “तर, त्यस्ता कार्यक्रम कटौती हुँदा सर्वसाधारण मर्कामा परेका छन् ।”  

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १६, २०८१  १५:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro