site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘कार्साङ’को छायांकन सुरु

काठमाडौं । चलचित्र ‘कार्साङ’को छायांकन सुरु भएको छ । यम शेर्पाको निर्देशनमा निर्माण हुन लागेको चलचित्रको छायांकन मंगलबारबाट सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकास्थित यार्सा गाउँबाट सुरु भएको हो । 

सामाजिक कथावस्तुमा निर्माण हुने ‘कार्साङ’को छायांकन सेड्युल लगातार एक महिनाको राखिएको छ । 

Dabur Nepal
NIC Asia

चलचित्रको मुख्य कलाकारमा दयाहाङ राई, सिर्जना निङ्लेकु, जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, छिरिङ शेर्पा र सरिता गिरी छन् । नवनायिकाका रूपमा सिर्जना र छिरिङले डेब्यु गर्दै छन् ।

यसअघि थुप्रै छोटा फिल्मको निर्देशन गरिसकेका निर्देशक यम शेर्पालेको यो डेब्यु निर्देशन हो । निर्देशक स्वयंको कथा, पटकथा तथा संवाद छ । 

चलचित्रका निर्माता पुरुषोत्तम प्रधान हुन् । प्रधानकै डीओपी रहने चलचित्रमा गोविन्द बोहरा सह–निर्माता छन् । आङछिरिङ शेर्पा कार्यकारी निर्माता हुन् । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १६, २०८१  १४:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro