site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गोलकिपर फिलिप चेल्सीमा अनुबन्धित 

काठमाडौं । इंग्लिस क्लब चेल्सीले गोलकिपर फिलिप योर्गेनसनलाई भियारियालबाट सात वर्षको सम्झौतासहित अनुबन्ध गरेको छ । 

गत सिजन भियारियालबाट पहिलो रोजाइको गोलकिपर बन्दै २२ वर्षीय योर्गेनसनले कुल ३७ खेल खेलेका थिए । उनलाई चेल्सीले २०.७ मिलियन पाउन्डमा भित्र्याएको हो । 

“यो मेरो लागि सपना पूरा भएको सम्झौता हो । म विश्वकै ठूलो क्लबमध्येको एक चेल्सीसँग सम्झौता गर्न पाउँदा निकै उत्साहित छु,” सम्झौतापछि गोलकिपर योर्गेनसनले भने, “म मेरा नयाँ सहकर्मीसँग परिचय गर्न र खेल्न व्यग्र प्रतिक्षामा छुँ ।” 

योर्गेनसनले चेल्सीमा पहिलो रोजाइको गोलकिपर बन्न रोबर्ट सान्चेजसँग प्रतिस्पर्धा गर्नेछन् । उनले १५ वर्षको उमेरमा भियारियालसँग सम्झौता गरेका थिए । युवा टिम हुँदै क्लबको बी टिमबाट समेत खेलेका योर्गेनसनले सन् २०२३ मा सिनियर टिमबाट ‘डेब्यु’ गरेका थिए । उनले गत वर्षको जनवरीमा भियारियालबाट ला लिगाको पहिलो खेल खेलेका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १६, २०८१  १३:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro