site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बाङ खोलाको बाढीले तीन पुल बगायो
फाइल तस्बिर ।

म्याग्दी (बेनी) । म्याग्दीको धवलागिरि गाउँपालिका–३, मुनामा बाढीले तीन पुल बगाएको छ । वर्षाका कारण गाउँपालिकाको केन्द्र रहेको मुनास्थित बाङ खोलामा आएको बाढीले एउटा झोलुंगेसहित तीन पुल बगाएको स्थानीय बुद्धिमान शेरपुञ्जाले जानकारी दिए । 

अत्यधिक वर्षापछि खोला थुनिएको थियो । झोलुंगे पुल बगाएपछि मुनादेखि लुलाङ जाने बाटो पूर्णरूपमा अवरुद्ध भएको छ । बाढीले दरखोला लघुजलविद्युत् आयोजनाको आठवटा पाइपसमेत बगाएको छ । 

यस्तै, मुनाकै घट्टेखोलामा आएको बाढीले स्थानीय रेशम भण्डारी र धनबहादुर पाण्डेको घरमा क्षति पु¥याएको धवलागिरि–३, मुनाका वडाध्यक्ष देविन्द्र रोकाले जानकारी दिए । रासस

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १६, २०८१  १३:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro