site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रहरी प्रधान कार्यालयले एआईजी ज्ञवालीमाथि छानबिन गर्दै

काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीमाथि छानबिन गर्न समिति बनाएको छ ।

प्रहरी प्रधान कार्यालयको उजुरी छानबिन शाखामा एआईजी ज्ञवालीमाथि विभिन्न प्रकारका उजुरी परेपछि उनीमाथि छानबिन गर्न लागेको हो ।

ज्ञवालीमाथि छानबिन गर्न प्रहरी प्रधान कार्यालयकै प्रशासन विभागमा कार्यरत अर्का एआईजी टेकप्रसाद राईको नेतृत्वमा समिति बनाएको छ । 

प्रहरी महानिरीक्षकको निर्देशनमा चल्ने सीआईबीका प्रमुख ज्ञवालीले आफूखुसी काम गरेकोदेखि आईजीपी वसन्त कुँवरको जानकारीबिना केहीलाई अभद्र व्यवहारमा समेत मुद्दा चलाइएको खुलेपछि छानबिन थालिएको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ ।

६० किलो सुन तस्करी प्रकरणका केही आरोपीलाई आफूखुसी अभद्र व्यवहारको मुद्दा चलाउनेदेखि संगठनको हितविरुद्ध समेत काम गरेको प्रहरी प्रधान कार्यालयको दाबी छ ।

यसअघि सीआईबीको प्रमुख रहेकी एआईजी किरण बज्राचार्यलाई समेत सुन तस्करीको अनुसन्धानमा कमजोरी गरेको भन्दै उनलाई हटाएर ज्ञवालीलाई पठाइएको थियो ।
ज्ञवालीसमेत विवादमा परेका हुन् । ज्ञवाली एक महिनापछि भदौ २५ मा उमेरहदका कारण अनिवार्य अवकाशमा जाँदैछन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १६, २०८१  ११:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro