site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
एनसेलको ‘बिज सधैँ अन’का ग्राहकले ‘लायन्स्गेट प्ले’मा नि:शुल्क फिल्म र सिरिज हेर्न सक्ने
SkywellSkywell

काठमाडौं । एनसेलले आफ्नो ‘सधैँ अन’ योजनाका ग्राहकलाई भिडियो स्ट्रिमिङ प्लेटफर्म ‘लायन्स्गेट प्ले’को सेवा उपलब्ध गराउने भएको छ ।

‘सधैँ अन’प्रतिको प्रतिबद्धताबमोजिम आफ्ना ‘बिज सधैँ अन’का ग्राहकलाई उच्च गुणस्तरको कन्टेन्ट प्रदान गर्न लायन्स्गेट प्लेसँग सहकार्य गरेको एनसेलले बताएको छ ।

लायन्स्गेट प्ले लायन्स्गेट इन्डिया र स्टार्जबाट पाइने एक प्रिमियम स्ट्रिमिङ सेवा हो । यस प्लेटफर्ममा फ्रेन्चाइजी, प्रिमियरसहित थुप्रै प्रिमियम कन्टेन्ट उपलब्ध छन् ।

Dabur Nepal
NIC Asia

यस सहकार्यको उद्देश्य बिज सधैँ अनको सदस्यता लिएका ग्राहकलाई बन्डल सेवाका रूपमा विशेष सामग्रीमा पहुँच दिनु भएको कम्पनीको भनाइ छ ।

‘बिज सधैँ अन’को सुरुवातपछि यो प्लेटफर्ममा पहुँच लिइसकेका ग्राहकको प्रतिक्रिया उत्साहजनक रहेको एनसेलले जनाएको छ ।

“लायन्स्गेट प्ले हाम्रा बिज सधैँ अनका ग्राहकका लागि विशेष अफर हो । यसले हाम्रा ग्राहकलाई विश्वको अग्रणी पब्लिकल्ली ट्रेडेड कन्टेन्ट कम्पनी लायन्स्गेटका कयौँ कन्टेन्टमा पहुँच दिन्छ,” एनसेलका हेड अफ बिजनेश सोलुसन्स रञ्जन शर्माले भने ।

उनले बिज सधैँ अनका ग्राहकबाट यो प्लेटफर्मका बारेमा धेरै नै सकारात्मक प्रतिक्रिया प्राप्त गरेको बताएका छन् ।

लायन्स्गेट प्ले एसियाका अध्यक्ष, रोहित जैनले नेपालमा लायन्स्गेट ल्याउन पाएकोमा खुसी व्यक्त गरेका छन् ।

उनले भने, “विश्वस्तरिय स्ट्रिमिङको अनुभव प्रदान गर्दै एनसेलसँगको सहकार्यमा नेपालमा लायन्स्गेट प्ले ल्याउन पाउँदा हामी हर्षित छौँ । देशभरका मनोरञ्जन प्रेमीका लागि मुख्य गन्तव्य बन्ने कुरामा हामी विश्वस्त छौँ ।”

लायन्स्गेट प्लेमा पहुँच पाउन एनसेलका ग्राहकले एष्ट्रिक्स १२३ ह्यास डायल गरेर वा एनसेल एपमा गएर अपग्रेट गर्नसक्ने एनसेलले बताएको छ ।

लायन्स्गेट प्ले एप गुगल प्ले स्टोर, एप्पल एप स्टोर र अमेजोन फायरस्टिकमार्फत डाउनलोड गर्नसकिने कम्पनीले जनाएको छ ।

लायन्स्गेट प्लेमा हलिउडका हिट फिल्म, टिभी सोहरु, लायन्स्गेट व्यानरमा बनेका ओरिजिनल कन्टेन्ट, वृत्तचित्र, बालबालिका तथा पारिवारिक सामाग्री र विश्वका दर्शकले मन पराउने अन्तर\राष्ट्रिय चलचित्र रहेको बताइएकोछ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१  १७:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu