site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चिनियाँ राजदूतको अभिव्यक्तिप्रति सांसद खतिवडाले उठाए प्रश्न, स्पष्टीकरण सोध्न माग 
फाइल तस्बिर ।

काठमाडौं । चिनियाँ राजदूत छन् सोङले सामाजिक सञ्जालमा लेखेको विषयमा सांसदहरूले आपत्ति जनाएका छन् । केही दिनअघि त्रिशूली नदीमा खसेको बस खोजी कार्यको मजाक उडाउँदै राजदूतले सामाजिक सञ्जालमा गरेको टिप्पणीमा सांसदले आपत्ति जनाएका हुन् । 

मंगलबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै नेपाली कांग्रेका सांसद रामहरि खतिवडाले राजदूतले सामाजिक सञ्जालमा लेखेको विषयमा परराष्ट्र मन्त्रालयले बोलाएर स्पष्टीकरण सोध्नुपर्ने बताए । 

“बस नखोज चुम्बक खोज भन्ने गरिएको छ । कमसेकम नेपाललाई आपत पर्दा सहयोग गरौँ । अप्ठ्यारो परेका बेला हाँसीमजाकमा नउडाउ,” उनले भने, “यसमा परराष्ट्र मन्त्रालयले सम्बन्धित राजदूतलाई बोलाएर स्पष्टीकरण लियोस् ।” 

उनले चिनियाँ राजदूतले गम्भीर कूटनीतिक मर्यादाविपरीत अभिव्यक्ति दिएको भन्दै कडा निन्दा गरे ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१  १४:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro