site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
केएमसीमा उपचाररत सौर्य एयरका क्याप्टेन शाक्यको स्वास्थ्य अवस्था कस्तो छ ? 
फाइल तस्बिर ।

काठमाडौं । दुर्घटनाग्रस्त सौर्य एयरलाइन्सका क्याप्टेन मनीषरत्न शाक्यको काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ । शुक्रबार आईसीयूबाट क्याबिनमा सारिएका शाक्यको स्वास्थ्य अवस्था स्थिर छ । 

“टाउकोमा लागेको चोट ठिक हुँदै छ, आँखामुनिको चोट पनि सामान्य हुँदै छ । अब शल्यक्रिया गर्न मात्रै बाँकी छ,” केएमसीका व्यवस्थापक नारायणप्रसाद दाहालले भने । 

मेरुदण्डको हड्डीमा पनि चोट लागेको देखिएको छ । तर, स्वास्थ्यका सूचकहरूका कारण तत्काल शल्यक्रिया गर्ने अवस्था नरहेको दाहालले बताए । उनलाई अझै केहीदिन अस्पताल राखिने अस्पतालले जनाएको छ । 

३७ वर्षीय शाक्य स्वास्थ्यकर्मी, परिवार र आफन्तको हेरचाह्रमा छन् । 

गत साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो ।
 

प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१  १३:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro