site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
म कडा रक्षामन्त्री थिएँ, राजा वीरेन्द्रले भनेको नमानी प्रधासेनापतिलाई हटाइदिएँ : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाली हरेक क्षेत्रमा प्रतिभाशाली र योग्य रहेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

नेपाली विद्यार्थी र युवापुस्ताले विभिन्न क्षेत्रमा कीर्तिमान कायम गरेको उनले उल्लेख गरे । उनले नेपाली युवा अध्ययन, अनुसन्धान, खेलकुदलगायत सबै क्षेत्रमा प्रतिभाशाली रहेको बताए ।

Dabur Nepal
NIC Asia

आफू २०५१ सालमा रक्षामन्त्री बन्दा ‘कडा’ रूपमा प्रस्तुत भएको उनले सुनाए । उनले राजा वीरेन्द्रले तत्कालीन प्रधानसेनापतिलाई बर्खास्त गर्न नचाहँदा पनि आफूले हटाउको जानकारी गराए । तत्कालीन प्रधानसेनापतिले भ्रष्टाचार गरेपछि बर्खास्त गर्नुपरेको उनको भनाइ थियो । उनका अनुसार, त्यति बेलासम्म नेपाली सेनामा महिला भर्ती गरिँदैन थियो ।

उनले विद्यार्थी अनुशासित भएर बस्नुपर्ने पनि बताए । अनुशासित भए मात्र राम्रो जीवनयापन गर्न सकिनेमा उनले जोड दिए ।

कार्यक्रममा माधव नेपालको भनाइ पढ्नोस्–
नयाँ विद्यार्थी, नयाँ युवाहरू एक से एक प्रतिभाशाली छन्, संसारमा पनि कीर्तिमान कायम गरेका छन् । नेपाली युवाहरू जुनसुकै क्षेत्रमा – पढाइको क्षेत्रमा होस्, अनुसन्धानको क्षेत्रमा होस्, चाहे सगरमाथा आरोहण गर्ने क्षेत्रमा होस्, युद्धको मैदानमा होस्, ब्रिटिस सेनालाई पराजित गर्ने हिम्मत गर्ने नेपाली गोरखा सैनिक हो । विश्वका ती देशहरूमा जहाँ गृहयुद्ध चलिरहेको छ, त्यो गृहयुद्धलाई शान्त गर्न सबैभन्दा प्रभावकारी कोही देखिन्छ भने त्यो नेपाली सेना नै छ । म लेबनान गएको थिएँ । म त्यहाँ गएको लेबनानमा रहेका नेपाली सेनाका हाकिमहरूले थाहा पाए, उनीहरू मलाई भेट्न आए । किन आए थाहा छ ? किनभने, म सेनाको पनि रक्षामन्त्री थिएँ । २०५१ सालमा रक्षामन्त्री भएपछि प्रधानसेनापतिलाई पनि सञ्चालन गर्नुपर्छ । म कडा रक्षामन्त्री थिएँ । प्रधानसेनापतिलाई जागिरबाट निकालिदिएँ, भ्रष्टाचार गरेको हुनाले । त्यो बेलामा राजा वीरेन्द्र थिए । वीरेन्द्रले भने ‘एकपटक माफ दिइदिनुस् न त भने’, मैले भनेँ– माफी दिन सकिँदैन, यस्ता मान्छेलाई राखेर नेपाली सेनाको इज्जत बढ्न सक्दैन । म रक्षामन्त्री भएको बेलामा नेपाली सेनामा महिलालाई भर्ना गरिँदैन थियो । न्युज एजेन्सी नेपाल

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१  १३:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro