site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
भियतनामको कोइला खानीमा पहिरो खस्दा पाँचजनाको मृत्यु

हनोई । भारी वर्षाका कारण भियतनामको हा लङ बे नजिकै कोइला खानीमा पहिरो खस्दा पाँचजनाको मृत्यु भएको राज्यसञ्चालित सञ्चारमाध्यमले मंगलबार जनाएको छ । 

भियतनामको राज्यसञ्चालित होन गाई कोइला कम्पनीको खानीमा सोमबार दुर्घटना भएको समाचार माध्यम भीएनएक्सप्रेसले जनाएको छ । उद्धार टोलीले मंगलबार बिहान २३ देखि ४७ वर्ष उमेरका खानी मजदुरहरूको शव फेला पारेका थिए । 

विपद् अधिकारीहरूले दुर्घटनाको समयमा उत्तरी क्वाङ निन्ह प्रान्तको हा लङ सहरमा आएको भारी वर्षाले पहिरो निम्त्याएको जानकारी गराएका छन् । 

देशको उत्तरी भागहरूमा केही दिनदेखिको भारी वर्षाले आकस्मिक बाढीपहिरो निम्त्याइरहेको छ । अप्रिलदेखि क्वाङ निन्ह प्रान्तमा भएको खानी दुर्घटनामा अन्य सातजनाको मृत्यु भएको छ । 

गत वर्ष भियतनामको राज्यद्वारा सञ्चालित कोइलाखानीमा भएको दुर्घटनाले कम्तीमा १० कामदारको ज्यान लिएको स्थानीय रिपोर्टहरूले बताएका छन् । रासस/एएफपी

प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१  १२:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro