site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
बागलुङमा एकैदिन प्रभु बैंकका चार शाखा विस्तार

काठमाडौं । प्रभु बैंक लिमिटेडले सोमबार (हिजो) बागलुङमा चार शाखा कार्यालय विस्तार गरेको छ । बागलुङको ढोरपाटन नगरपालिका–७ को बोवाङ, निसीखोला गाउँपालिका–५ स्थित निसी, बडिगाड गाउँपालिका–२ को खरबाङ र बडिगाड–७ स्थित भीमगिठेमा शाखा कार्यालय विस्तार गरिएको हो ।

बैंकका संस्थापक अध्यक्ष देवीप्रकाश भट्टचनले ती शाखा कार्यालयहरूको उद्घाटन गरे । विभिन्न ठाउँमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घरआँगनसम्म सरल र सहज रूपमा बैंकिङ सेवा विस्तार गरिएको प्रभु बैंकले जनाएको छ ।

नयाँ शाखामार्फत समेत स्थानीय बासिन्दा, व्यावसायिक फर्म, कम्पनी तथा संघसंस्थाले आधुिनक बैंकिङ सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बैंकले विश्वास लिएको छ ।

हालसालै ‘बैंक अफ दी इयर २०२३’ को उपाधिबाट सम्मानित प्रभु बैंकले नेपालभर ३१३ शाखा कार्यालय, २८६ एटीएम र ६९ एक्सटेन्सन काउन्टरमार्पmत सेवा दिँदै आएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१  ११:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro