site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
सर्बियामा दुर्घटनामा घाइते भएका नेपाली र अफगानिस्तानका ३० जनाको उपचार जारी

काठमाडौं । सर्बियास्थित संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्चायोग (यूएनएसीआर)को कार्यालयले देशको दक्षिण पूर्वी भागमा सवारीसाधन दुर्घटनामा परेर अफगानिस्तान र नेपालका कम्तीमा ३० शरणार्थी घाइते भएका जनाएको छ ।

सर्बियाको स्टेट मिडिया आउटलेट आरटीएसका अनुसार, गएको शुक्रबार उक्त दुर्घटना भएको थियो । बुल्गेरियाको सीमावर्ती क्षेत्रको सहर ब्लापान्ज्काको ब्लेसमा दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएका अफगानिस्तान र नेपालका शरणार्थीको उपचार जारी छ । तर, कति अफगानी र नेपाली अनि उनीहरू को–को भन्ने समाचारमा खुलाइएको छैन । रिपोर्टमा जनाइएअनुसार, अवैध रूपमा सर्बियाबाट युरोप छिर्ने क्रम बढेको छ । यो संख्या दैनिक करिब १५ सय हुने गरेको छ ।

सर्बिया ‘बाल्कन रुट’का निम्ति ‘ट्रान्जिट प्वाइन्ट’ मानिने गरेको छ । उक्त क्षेत्र हुँदै मध्यपूर्व, अफगानिस्तान, पाकिस्तान, नेपालका मानिस युरोप छिर्ने गरेका छन् । आप्रवासनसम्बन्धी अन्तर्राष्ट्रिय संगठन (आईओएम)का अनुसार, सन् २०२३ मा  युरोप जान एक लाख मानिसले त्यो रुट प्रयोग गरेका थिए । एजेन्सी

प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  ११:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro