site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा ‘सहमतिनजिक’, बिहीबार टुंग्याउने तयारी

काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा नेताहरू सहमतिनजिक पुगेका छन् । सोमबार बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सैद्धान्तिक सहमति भएको बताइएको हो ।

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक टुंगो लगाउन गठित कार्यदलका सदस्य एवं नेकपा (एमाले)का प्रमुख सचेतक महेशकुमार बर्तौलाले टीआरसी विधेयक करिब टुंग्याउने चरणमा पुगेको बताए । हालसम्मका कार्य र सम्बन्धित निकायसँगका छलफलको समीक्षा र प्रतिवेदन आउँदो बिहीबारभित्र तयार पारिने उनले जानकारी दिए ।

अब लामो समयसम्म पीडितलाई थप पीडामा जोडिरहने अवस्थाको अन्त्य हुने उनले उल्लेख गरे । उनले कानुनलाई चाँडोभन्दा चाँडो टुंग्याई यही ऐनअनुसार आयोग बनाएर पीडितलाई न्याय दिने र पीडकलाई सजायको दायरामा ल्याउने गरी आफूहरू अघि बढेको जानकारी दिए ।

कार्यदलको बैठक बिहीबार बिहान ८ बजे पुनः बस्नेछ ।

बैठकपछि महेश बर्तौलाको भनाइ पढ्नोस्–
अब हामी टीआरसी विधेयक करिबकरिब अब टुंग्याउने चरणमा हामी पुग्यौँ । हामीले बैठक टुंग्याएका छैनौँ । अब दुई दिन अहिलेसम्मको सबै छलफलहरूलाई नियालेर प्रतिवेदन ल्याउँछौँ । पहिलाको मूल ऐन, संशोधन विधेयक, संसदीय समितिको उपसमितिहरूमा वा समितिमा भएका छलफल र हाम्रो संयन्त्रमा छलफल भई डेभलप भएका विषयहरू र सहमतिको वरपर पुगेका विषयहरूलाई पनि कम्पाइल गरेर एकीकृत ढगले ल्याउने कुरा भएको छ । बिहीबार ८ बजे बैठक बसेर त्यो फाइनल डकुमेन्ट हेरेपछि त्यसको आधारमा फिनिसिङ गर्छौँ । अब हामी सबैले सबै जिम्मेवारीबोधका साथ यसलाई सिंगो देशको मुद्दा बनाएर, विषय बनाएर, सत्तापक्ष र प्रतिपक्षको नभईकन सिंगो देश र शान्तिको प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने विषयसँग जोडेर अगाडि बढ्दा यो निष्कर्षमा पुग्ने अवस्था देखिन्छ । त्यही विश्वासका साथ यो काम गरिरहेका छौँ । मेरो विचारमा अब हामी १८ वर्षदेखि विभिन्न हिसाबले उतारचढावमा रहेको, टुंगोमा पुग्न नसकेको, पीडितले न्याय पाउन नसकेको अवस्थालाई हामी लामो समयसम्म पीडितलाई थप पीडामा जोडिरहने अवस्थाको अन्त्य गर्नेछौँ । यो कानुनलाई अब चाँडोभन्दा चाँडो टुंग्याएर, यही ऐनअनुसार आयोग बनाएर पीडितलाई न्याय दिने र पीडकलाई सजायको दायरामा ल्याउने गरी अघि बढेका छौँ । यो महत्त्वपूर्ण छ । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  ११:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro