site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
बनेपामा ‘ट्रायल सेन्टर’ सञ्चालनमा आउँदै
प्रतीकात्मक तस्विर ।

काभ्रेपलाञ्चोक । काभ्रेको बनेपामा यातायात व्यवस्था कार्यालय स्थापना गरिएपछि सेवाग्राहीलाई सहज बन्दै गएको छ । वाग्मती प्रदेश श्रम रोजगार तथा यातायात मन्त्रालयद्वारा एक महिनाअघि स्थापित कार्यालयबाट विशेषगरी मध्यपहाडी क्षेत्रका पाँच जिल्लाका सेवाग्राहीलाई सुविधा पुगेको जनाइएको छ ।

यसअघि काठमाडौं उपत्यकाका कार्यालयमा धाउनुपर्ने बाध्यता थियो । प्रमुख व्यापारिक नगरीका रूपमा परिचित बनेपामा गत असार १६ गते स्थापित कार्यालयले हालसम्म दुई हजार चार सयभन्दा बढीलाई सेवा प्रदान गरेको छ । 

स्थापना सुरुका केही दिनभन्दा हाल सेवाग्राहीको संख्या बढिरहेको कार्यालयका प्रशासन प्रमुख एवं सूचना अधिकारी पवन बजगाईंले बताए । 

उनका अनुसार हाल बनेपास्थित कार्यालयबाट ‘ब्लुबुक’ नवीकरण, रुट परमिट जारी र रुट परमिट नवीकरण, रुट परमिट पटके, पञ्जीकरण तथा सवारीसाधन करसम्बन्धी सेवा उपलब्ध गराइएको छ ।

मध्यपहाडी जिल्लाअन्तर्गत काभ्रेलगायत सिन्धुपाल्चोक, दोलखा, सिन्धुली र रामेछापका सेवाग्राहीलाई लक्षित गरी कार्यालय स्थापना गरिएको हो ।

नयाँ सवारी चालक अनुमतिपत्रका लागि कार्यालयले ‘ट्रायल सेन्टर’ सञ्चालनका लागि निजी क्षेत्रसँग समन्वय गर्न प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

आवश्यक जनशक्ति व्यवस्थापन गरी सवारी प्रदूषण जाँचपास, सवारी चालक अनुमतिपत्र नवीकरणलगायत यातायातसम्बन्धी अन्य कार्य थालिने भएको छ । रासस
 

प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  ०७:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro