राजनीति
काठमाडौं । संघीय संसद्अन्तर्गत आज तीनवटा संसीय समितिको बैठक बस्दै छ ।
विकास, आर्थिक मामिला तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो ।
विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा समितिको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक कार्ययोजनाका विषयमा छलफल हुनेछ ।
विधायन व्यवस्थापन समितिको बैठक बिहान साढे ११ बजे बस्नेछ । बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० मा छलफल गर्ने कार्यसूची छ ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिको वार्षिक कार्ययोजनामाथि छलफल हुनेछ । बैठक बिहान ११ः३० मा सुरु हुनेछ ।
प्रकाशित मिति: सोमबार, साउन १४, २०८१ ०७:३७
प्रतिक्रिया दिनुहोस्