site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गण्डकीका यातायात व्यवसायीको आन्दोलन फिर्ता, ९ सदस्यीय कार्यदल गठन

पोखरा  । गण्डकीमा यातायात व्यवसायीले आन्दोलन फिर्ता लिएका छन् । सरकारसँग सहमति भएसँगै उनीहरूले आन्दोलन फिर्ता लिएका हुन् । आन्दोलन फिर्ता भएसँगै आइतबार साँझैदेखि यातायात चल्न सुरु भएको छ ।

राइड सेयरिङको विरोध गर्दै व्यवसायीहरू आन्दोलित भएका थिए । सरकारले तत्कालै समस्या समाधानका लागि ९ सदस्यीय कार्यदल गठन गरेको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका उपसचिवको नेतृत्वमा कार्यदल गठन गरिएको हो ।

कार्यदललाई १५ दिनभित्र सुझावसहितको प्रतिवेदन बुझाउने अख्तियारी दिइएको छ । कार्यदलले तयार पार्ने प्राविधिक प्रतिवेदन मुख्यमन्त्री कार्यालयमा पेस हुनेछ । थप छलफलका लागि विज्ञहरूलाई समावेश गर्न पाउने अधिकार कार्यदललाई नै दिइएको छ ।

कार्यदल गठन भएसँगै आइतबारदेखि सुरु भएको आन्दोलनका सबै कार्यक्रम स्थगित भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेशका सचिव योगेन्द्र केसीले जानकारी दिए ।

कार्यदलमा मुख्यमन्त्री कार्यालयका अधिकृत, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीका प्रतिनिधि, सार्वजनिक यातायात केन्द्रीय महासंघका प्रतिनिधि, राइडर्स पोखराका प्रतिनिधि, उपभोक्ता मञ्च गण्डकीका प्रतिनिधि, यातायात मजदुरमध्येबाट एकजना सदस्य रहनेछन् ।

समितिको सदस्य सचिव भौतिक पूर्वाधार मन्त्रालयका अधिकृत रहनेछन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  १८:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro