site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
ग्लोबल आइएमई बैंकका कार्डवाहकलाई र्‍याडिसन होटेलमा १५ प्रतिशतसम्म छुट

काठमाडौं । ग्लोबल आइएमई बैंकका डेबिट र क्रेडिट कार्डवाहक ग्राहकले काठमाडौंस्थित र्‍याडिसन होटेलमा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । दुई पक्षबीच उक्त सम्झौता भएको हो ।

सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका चिफ मार्केटिङ अफिसर दिलीप पोखरेल र र्‍याडिसन होटेलका निर्देशक केदार पाण्डेले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार बैंकका डेबिट र क्रेडिट कार्डवाहकले काठमाडौंको र्‍याडिसन होटेलमा उपलब्ध सेवामा १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।

बैंकका त्यस्ता ग्राहकले र्‍याडिसन होटेलमा उपलब्ध सेवामध्ये खाना, पेस्ट्री सप र ट्रानक्युलिटी स्पाका साथै र्‍याडिसनले सञ्चालन गरेको एयरपोर्ट रेस्टुरेन्टहरूबाट उपलब्ध सेवामा समेत उल्लिखित छुट पाउने बैंकले जनाएको छ ।

बैंकले विभिन्न संघ–संस्थासँग समन्वय गरी यस्ता किसिमका योजना ल्याउँदै गरेको जनाएको छ ।

प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  १८:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro