site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गण्डकीमा सार्वजनिक यातायात ठप्प, 'व्यवसायीले कुटे' पत्रकार

पोखरा । विभिन्न माग राख्दै गण्डकीका यातायात व्यवसायीले आइतबारदेखि सार्वजनिक सवारी सेवा ठप्प पारेका छन् । रातो नम्बर प्लेटलाई राइड सेयरिङको मान्यता दिने गरी सरकारले ल्याउन लागेको कार्यविधि खारेज गर्नुपर्ने उनीहरूको माग छ, जुन गण्डकीकै यातायात व्यवस्था ऐन, २०७६, नियमावली, २०८० विपरीत हो ।

सरकारले राइडिङ सेयरलाई पनि दर्ता गरेर सार्वजनिक सवारीको मान्यता दिने नीति ल्याएको छ । अन्य सवारी झैँ राइड सेयरिङमा दर्ता सवारीले पनि वर्षमा निश्चित रकम कर तिर्नुपर्छ ।

तर, यहाँका यातायात व्यवसायीहरू यसको विरुद्धमा छन् । उनीहरूले कार्यविधि खारेज गर्नुपर्ने मागसहित गत साउनन १० गते विज्ञप्ति बुझाएर ४८ घण्टाको अल्टिमेटम दिएका थिए । यातायात व्यवसायीले २ र ४ पांग्रे निजी (रातो नम्बर) प्लेटका सवारी साधनलाई यात्रु ओसारपोसार गर्न दिने कार्ययोजना तत्काल खारेज गर्नुपर्ने, श्रम आयोग तत्काल गठन गर्नुपर्ने, सडक सुरक्षा योजना तत्काल लागु गर्नुपर्ने माग भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र जिल्ला प्रशासन कार्यालय कास्कीमा राखेका थिए ।

गण्डकी सरकार भने यातायात व्यवसायीको मागको पक्षमा छैन । सरकारले आफूहरूका माग पूरा नगरेको भन्दै उनीहरूले आइतबारदेखि सवारी साधन घर, ग्यारेजमा थन्क्याएका हुन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका गण्डकी संयोजक केदार पौडेलले आइतबार र सोमबार पहिलो चरणमा आन्दोलन गर्ने बताए । दुई दिनसम्म सवारी थन्क्याएर आन्दोलन गर्ने, माग पूरा नभएमा आन्दोलनको प्रकृति पनि फेरिने उनले बताए ।

अहिले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे स्वास्थ्य उपचारका लागि भारत छन् । आन्दोलनरत यातायात व्यवसायीले कार्यबाहक मुख्यमन्त्री तथा सामाजिक विकास तथा स्वास्थ्यमन्त्री विन्दुकुमार थापासँग शनिबार छलफल गरेका थिए । छलफलमा मन्त्री थापाले यातायात व्यवसायीलाई आन्दोलन फिर्ता लिन अनुरोध गरेका थिए ।

आइतबार नै यातायात व्यवसायीले राइड सेयरिङलाई कानुनी मान्यता नदिन माग गर्दै गरेको आन्दोलनलाई काउन्टर दिन राइड सेयरिङ प्रयोगकर्ता पनि सडकमा उत्रिएका थिए ।

आइतबार नै पोखरामा आन्दोलनरत यातायात व्यवसायीले पत्रकारमाथि हातपात पनि गरेका छन् ।

पृथ्वीचोकमा रिपोर्टिङमा खटिएका पत्रकारद्वय बिना थापा मगर र सुरज थापा मगरमाथि सांघातिक आक्रमण भएको हो । बिना पोखरा टेलिभिटन र सुरज गण्डकी भ्वाइसमा कार्यरत छन् । उनीहरूलाई कुटपिट गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले चार जनालाई पक्राउ गरेको छ । सूर्यबहादुर नेपाली, बुद्धिबहादुर बयलकोटी, प्रशन गुरुङ र सन्तोष बस्नेतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी मोहन थापाले जानकारी दिए । अन्य आक्रमणकारीको खोजी कार्य भइरहेको एसपी थापाले बताए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  १८:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro