site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
हरि ढकालको प्रश्न– डीआईजी मनोज केसीलाई किन सरुवा गरियो ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले वर्तमान गठबन्धनको उपलब्धि केन्द्र र प्रदेश सरकारमा मन्त्री बन्दा स्पष्ट भएको बताएका छन् । 

आइतबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले सो कुरा बताएका हुन् । 

“यो सरकारको उद्देश्य स्पष्ट थाहा थियो । पहिले शृंखला अनुसन्धानको धेरा वरिपरि रहेका र गरिनुपर्नेलाई मन्त्री दिएर पुरस्कार दिइयो । प्रादेशिक मन्त्री बन्दा गुण्डा नाइके, हातहतियारवालालाई बनाइयो,” उनले भने । 

उनले अब्बल राष्ट्र सेवक कर्मचारी डीआईजी मनोज केसीलाई किन, के का लागि के उद्देश्यका लिएर सरूवा गरियो भन्ने प्रश्न पनि गरे । 

उनले आफ्नो दललाई नाति समूह भनेर सम्बोधन भएकोमा आपत्ति जनाउँदै आफूहरू ‘अपुताली खाने’ नाति समूह नभएको भन्दै सशक्त प्रतिपक्ष भएको उनको भनाइ थियो । साथै, उनले सरकारले ल्याएको मौद्रिक नीतिमा आएको व्यवस्थाका कारण पुँजी  बजार समस्यामा परेको बताए ।

प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  १४:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro