site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मुकुल ढकालले दिए कारबाही अध्यावधिक नगर्न आयोगमा निवेदन
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्रीबाट हटाइएका डा. मुकुल ढकालले कारबाही अध्यावधिक नगर्न निर्वाचन आयोगमा निवेदन दिएका छन् । उनले असार २५ गतेको रास्वपा केन्द्रीय समिति बैठकमार्फत आफूलाई महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट हटाएको जानकारी पाएको उल्लेख गरेका छन् । तर, हटाइएको पत्र प्राप्त नगरेको निवेदनमा जनाएका छन् ।

“असार २५, २०८१ मा मैले सञ्चारमाध्यमबाट मलाई पार्टी महामन्त्री, पार्टी प्रवक्ता एवं केन्द्रीय समितिको सदस्यबाट पदमुक्त गरिएको जानकारी पाएँ । यद्यपि, मैले पदमुक्तबारेमा पार्टीबाट कुनै पनि पत्र हालसम्म प्राप्त गरेको छैन । यस सम्बन्धमा यदि त्यसप्रकारको निर्णय भएको रहेछ भने त्यो अवैधानिक रहेको र त्यस अवैधानिक निर्णयलाई राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम तीस दिनभित्र अध्यावधिक गर्नका लागि त्यस आयोगमा रास्वपाबाट कुनै पत्र आए त्यसलाई अवैधानिक ठहर गर्दै अध्यावधिक नगर्नका लागि यो पत्र माननीयज्यूसामु पेस गरेको छु,” उनले आइतबार आयोगलाई लेखेको पत्रमा उल्लेख छ ।

राजनीतिक दलसम्बन्धी ऐनको दफा १८ को उपदफा २ बमोजिम आफूलाई सफाइ पेस गर्ने मौका समेत नदिइएको उनको भनाइ छ । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ मा त्यस्तो व्यवस्था रहेकाले सफाइको मौका नदिई गरिएको कुनै कारबाही अवैधानिक ठहर्ने उनले जिकिर गरेका छन् ।

p1-1722150463.jpg

p2-1722150463.jpg

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  १२:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro